The Psychology Of Money बाट कालातीत ज्ञान
आर्थिक सफलता एउटा त्यस्तो कला हो जसलाई जोकोहीले पनि सिक्न सक्दछ यो एउटा अद्वितीय कला हो जहाँ ज्ञान भन्दा धेरै कसरी व्यवहार गर्दछौं भन्ने कुराले धेरै प्रभाव पार्दछ । आर्थिक ज्ञान पैसाको मनोविज्ञान लाई बुझ्ने तरिका हो । हामी जहाँ छौँ जे जस्तो अवस्थामा छौं पैसाले हाम्रो दिमागलाई ठूलो बनाउँछ मात्र हामी सतर्क हुन ध्यान दिन जरुरी छ । जो पनि पैसावल बन्न सक्छ तर जो पनि Kind हुनसक्दैन ।
सबैभन्दा कठिन आर्थिक कला भनेको अझ धेरै सम्पतिलाई जोड्नुपर्छ भन्ने भावनालाई रोक्नु हो ।
धेरै पावर , धेरै प्रसिद्धि र धेरै पैसाको लोभले सन्तुष्टि भन्दा महत्वकाङ्क्षी तर्फ धेरै धकेलिन्छ।
आधुनिक पुँजीवादमा दुई चिज धेरै राम्रो छन , सम्पतिको साथ हामी लोभीबन्दै जान्छौं र हामीकहाँ रोकिने हो भन्ने कुराको ज्ञान हुँदैन।
त्यस्तैगरी यससँगै आउने अर्को एउटा समस्या भनेको आफूलाई अरुसँग तुलना गर्नु हो ।
यो एउटा व्यक्तिगत नभएकोले सामाजिक समस्या हो।
जसको Wall धेरै अग्लो छ ! छुन सकिन्न !
पैसा कमाउने कुरामा कहीं पनि त्यस्तो बिन्दु छैन जहाँ हामी रोकिन्छौं ।
यो खेल जित्ने एउटै मात्र उपाय भनेको तुलनाको गेम खेल्दै नखेल्नु हो किनभने तुलना गरेर जीत्नुमा कुनै पनि Limit छैन ।
यो दुनियामा केही चिज यस्तो छ जुन पैसा , शक्ति र प्रसिद्धि भन्दा ठुलो छ ।
प्रतिष्ठा अमूल्य छ ।
Freedom अमूल्य छ ।
कसैले माया गर्नु र कसैले तपाईंलाई माया गर्नु अमूल्य छ ।
खुशी अमूल्य छ ।
यी चिजहरु पाउने एउटा तरिका छ हामी आफ्नो हद (limit) सम्झनु पर्दछ ।
हामी यो कुरा सचेत हुनु पर्दछ कि कस्तो समयमा हामी जोखिम लिने
अनि अगाडि बढ्ने हो र
कस्तो समयमा पर्याप्त कोअर्थ पर्याप्त नै हो ।

Comments
Post a Comment