२०२६ लाई सार्थक बनाउन: योगानन्दजीले सिकाएका ७ आध्यात्मिक नियमहरू
✶ पढ्न लाग्ने समय पाँच मिनेट हामीले बाँचिरहेको जीवन हामी आफैले लेखेको कथा हो तर यो कथाले हामीलाई कहाँ लैजाँदैछ ? हामी सबैको आ–आफ्नै कथा हुन्छ र हामी जसरी सोच्दछौँ, जसरी निर्णय लिन्छौँ, त्यसकै आधारमा हाम्रो कथा हरेक दिन बनिरहेको हुन्छ। तर ती कथाहरूलाई शब्दमा उतारेर, समयका लागि सुरक्षित गर्ने काम भने थोरै मानिसहरूले मात्र गरेका छन्। यही कामलाई नै Autobiography अथवा आत्मकथा भनिन्छ। कुनै पनि व्यक्तिको जीवनको गहिरो सार बुझ्नका लागि आत्मकथा पढ्नु अत्यन्तै प्रभावकारी माध्यम हो। किनकि आत्मकथामा उपलब्धि मात्र होइन, असफलता, संघर्ष, भित्री द्वन्द्व र चेतनाको यात्रासमेत समेटिएको हुन्छ। Autobiography of a Yogi पनि यस्तै एउटा आत्मकथा हो। यसले केवल परमहंस योगानन्द को जीवनकथा मात्र प्रस्तुत गर्दैन, बरु self-realization, happiness, जीवनको वास्तविक अर्थ, र तीव्र गतिमा परिवर्तन भइरहेको आधुनिक संसारमा कसरी सन्तुलित रहन सकिन्छ भन्ने गहिरा शिक्षाहरू पनि दिन्छ। The Autobiography of a Yogi book विशेष कुरा के छ भने, यस पुस्तकमा समेटिएका शिक्षाहरू कुनै धर्म, लिङ्ग वा विशेष समुदायमा मात्र सीमित छैनन् ।...