२०२६ लाई सार्थक बनाउन: योगानन्दजीले सिकाएका ७ आध्यात्मिक नियमहरू

पढ्न लाग्ने समय पाँच मिनेट

हामीले बाँचिरहेको जीवन हामी आफैले लेखेको कथा हो तर यो कथाले हामीलाई कहाँ लैजाँदैछ ? 


हामी सबैको आ–आफ्नै कथा हुन्छ

र हामी जसरी सोच्दछौँ, जसरी निर्णय लिन्छौँ, त्यसकै आधारमा हाम्रो कथा हरेक दिन बनिरहेको हुन्छ।

तर ती कथाहरूलाई शब्दमा उतारेर, समयका लागि सुरक्षित गर्ने काम भने थोरै मानिसहरूले मात्र गरेका छन्।

यही कामलाई नै Autobiography अथवा आत्मकथा भनिन्छ।


कुनै पनि व्यक्तिको जीवनको गहिरो सार बुझ्नका लागि आत्मकथा पढ्नु अत्यन्तै प्रभावकारी माध्यम हो।

किनकि आत्मकथामा उपलब्धि मात्र होइन, असफलता, संघर्ष, भित्री द्वन्द्व र चेतनाको यात्रासमेत समेटिएको हुन्छ।


Autobiography of a Yogi पनि यस्तै एउटा आत्मकथा हो।

यसले केवल परमहंस योगानन्द को जीवनकथा मात्र प्रस्तुत गर्दैन, बरु self-realization, happiness, जीवनको वास्तविक अर्थ, र तीव्र गतिमा परिवर्तन भइरहेको आधुनिक संसारमा कसरी सन्तुलित रहन सकिन्छ भन्ने गहिरा शिक्षाहरू पनि दिन्छ।

The Autobiography of a Yogi book


विशेष कुरा के छ भने, यस पुस्तकमा समेटिएका शिक्षाहरू कुनै धर्म, लिङ्ग वा विशेष समुदायमा मात्र सीमित छैनन् ।

यी शिक्षाहरू सम्पूर्ण मानव जाति र अझ व्यापक अर्थमा भनौँ भने, पुरै ब्रह्माण्डीय चेतनासँग सम्बन्धित छन्।


आउनुहोस्, यस्तो रहस्यमय र जीवन परिवर्तन गर्ने शिक्षाहरू के–के छन् भनेर हेरौ

जुन शिक्षाहरू संसारभरिका आध्यात्मिक चिन्तकहरूले पढेका छन्, अभ्यास गरेका छन्, र हजारौँ मानिसहरूको जीवनमा पनि सकारात्मक परिवर्तन ल्याएको छन्


1: Self-Realization नै मानिसको अन्तिम उद्देश्य हो

image credit : freepik

मानिस जीवनभर केही न केही खोजिरहेकै हुन्छ—सफलता, पैसा, सम्बन्ध, सम्मान तर

मानिसको वास्तविक उद्देश्य बाहिर होइन, भित्र छ।

त्यो हो—Self-Realization

जीवनको सबैभन्दा ठूलो खुसी त्यतिबेला अनुभव हुन्छ, जब हामी “म खुसी छु” भनेर मात्र होइन, खुसी भएकोमा पूर्ण रूपमा चेतनशील हुन्छौँ ।

जब हामी पूर्ण जागृत अवस्थामा आफूलाई सोध्छौँ— म को हुँ? म के हुँ?—त्यो क्षणदेखि हाम्रो ध्यान इगो, घमण्ड र केवल भौतिक शरीरबाट बिस्तारै हट्न थाल्छ।

सफलता हासिल गर्दा खुसी अवश्य मिल्छ ।

पैसा, उपलब्धि र मान–सम्मानले क्षणिक आनन्द दिन्छ।

तर शान्ति भने त्यतिबेला मात्र आउँछ, जब हामी आफ्नो चेतनाको स्तरलाई माथि उठाउँछौँ, जब हामी self-aware बन्छौँ ।

खुसी बाहिरबाट आउँदैन,

त्यो भित्रबाट विकसित हुन्छ।

र जब मानिसले आफूलाई केवल नाम, शरीर वा पहिचानभन्दा पर देख्न थाल्छ, त्यहीँबाट Self-Realization को यात्राको सुरुवात हुन्छ।




2: Discipline ले आत्मा र बुद्धिलाई बल दिन्छ

image credit : freepik
कुनै पनि आध्यात्मिक वा व्यक्तिगत यात्रामा अगाडि बढ्न अनुशासन (discipline) अनिवार्य हुन्छ।

केवल चाहना पर्याप्त हुँदैन।

निरन्तर अभ्यास, विशेषगरी daily meditation, नै त्यो माध्यम हो जसले आत्मा र बुद्धिलाई बलियो बनाउँछ।

महत्त्वपूर्ण छ, तर गर्न मन छैन—तैपनि गर्ने साहस जुटाएर गर्नु  नै अनुशासन हो।


योगानन्दजी यस कुरामा विशेष जोड दिनुहुन्छ कि,

हामी हरेक दिन जे गर्छौँ, त्यही कुराले हाम्रो व्यक्तित्व निर्माण गरिरहेको हुन्छ। दैनिक रूपमा अपनाइने साना–साना अनुशासनहरूले नै समयसँगै हाम्रो सोच, हाम्रो चरित्र र हाम्रो चेतनाको स्तर निर्धारण गर्छ।

हामी “म यस्तो व्यक्ति हुँ” भनेर जे दाबी गर्छौँ, वास्तवमा हामी हाम्रो अनुशासनको प्रतिबिम्ब हौँ।

र जब मेडिटेसन, आत्मनियन्त्रण र नियमित अभ्यास जीवनको हिस्सा बन्छ, तब बुद्धि मात्र होइन—आत्मा पनि क्रमशः स्थिर र शक्तिशाली बन्दै जान्छ।



3: Meditation नै आन्तरिक शक्तिको द्वार हो

Image credit : freepik
Meditation योगानन्दजीको शिक्षाको केन्द्रबिन्दु हो। Autobiography of a Yogi ले बारम्बार यही कुरा स्मरण गराउँछ, 'यदि मनलाई शान्त बनाउनुछ र चेतनाको उच्चतम बिन्दुमा पुग्नुछ भने, मेडिटेसन अपरिहार्य छ।'

मेडिटेसन केवल आँखा बन्द गरेर बस्ने अभ्यास मात्र होइन।

यो mind–body–consciousness बीचको सन्तुलन हो।

नियमित मेडिटेसनले मानसिक अशान्ति घटाउँछ, तनाव र थकानलाई कम गर्छ, र मानिसलाई आफ्नै भित्री शक्तिसँग जोड्छ।

जब मन शान्त हुन्छ, तब ऊर्जा बाहिर फैलिँदैन—भित्र केन्द्रित हुन्छ।

र त्यही केन्द्रित ऊर्जाबाट clarity, stability र inner strength जन्मिन्छ।

यदि तपाईं २०२६ लाई केवल सफल मात्र होइन,

emotionally healthy र mentally balanced वर्ष बनाउन चाहनुहुन्छ भने—

आजैबाट मेडिटेसन सुरु गर्नुहोस्।

किनकि बाहीरी संसार वा प्रत्येक बाहीरी घटना प्रति हामी नीयन्त्रण गर्न खोज्‌दा नै हामी सधै दुःख र समस्या भोग्नु परीरहेको छ ।

र हामी भीत्र जे घटीट हुन्‌छ त्यसले नै हामीलाई बाहीरी संसारमा डोर्याई रहेको हुन्छ ।

भित्री संसार बदल्न Meditation नै पर्याप्त हुन्छ।





4: ईश्वरप्रतिको विश्वास अन्धविश्वास होइन, विज्ञान हो

image credits: freepik
Autobiography of a Yogi को सबैभन्दा विशेष पक्ष के हो भने, यसले आध्यात्मिक अनुभवलाई केवल विश्वासको विषय बनाएर छोड्दैन। योगानन्दजी आध्यात्मिकतालाई वैज्ञानिक दृष्टिकोण र logical inquiry सँग जोडेर प्रस्तुत गर्नुहुन्छ।

ईश्वरप्रतिको विश्वास कुनै अन्धविश्वास होइन।

यो अनुभव, अभ्यास र अनुसन्धानबाट विकसित हुने चेतनाको अवस्था हो।

योगानन्दजीका शिक्षाहरूमा आध्यात्मिक अनुभवसँगै वैज्ञानिक सोच, परीक्षण (experiment) र आत्म-अवलोकन (self-observation) जोडिएको देखिन्छ। ठीक विज्ञानजस्तै, यहाँ पनि विश्वासभन्दा पहिले अनुभव आउँछ।

ईश्वरप्रतिको विश्वासले दिमागलाई बन्द गर्दैन,

बरु वर्षौँदेखि बन्द रहेका चेतनाका ढोकाहरू खोल्न मद्दत गर्छ।

तर त्यसका लागि केही कुरा अनिवार्य छ—Openminded हुन, सबै कुरालाई पूर्वधारणाबिना हेर्ने साहस, प्रश्न गर्ने क्षमता, र नयाँ सम्भावनालाई स्वीकार गर्ने मानसिकता।

जब मनिसले बषौ देखी बन्द रहेको चेतनाको ढोकालाई खोल्न सक्षम हुन्छ जीवन चेतनालाई हेर्न थाल्छ, तब विश्वास अन्धो हुँदैन - त्यो जागृत र सचेत बन्छ।


5:आनन्द बाहिरबाट आउने कुरा होइन, त्यो भित्रबाट विकसित हुने अवस्था हो

image credits: freepik
धेरैजसो मानिसले आनन्दलाई सफलता, सम्पत्ति, पद वा परिस्थितिसँग जोड्छन्। तर Autobiography of a Yogi ले यो धारणा चुनौती दिन्छ। योगानन्दजीको जीवन स्वयं यसको प्रमाण हो। जीवनभर उहाँले अनेक कठिन परिस्थिति, अभाव र चुनौतीहरूको सामना गर्नुभयो, तर त्यसका बाबजुद पनि उहाँ सधैँ शान्त र आनन्दित देखिनुहुन्थ्यो।

यसको कारण बाहिरी परिस्थितिमा होइन,

आन्तरिक चेतनामा ध्यान केन्द्रित भएर थियो।

जब मानिसले आफ्नो व्यक्तिगत चेतनाप्रति ध्यान दिन थाल्छ, तब बाहिरी उतार–चढावले उसलाई धेरै प्रभावित गर्न सक्दैन। परिस्थिति बदलिन सक्छ, मानिसहरू बदलिन सक्छन्, तर भित्रको आनन्द स्थिर रहन्छ।

तपाईंको आनन्द बाहिर निर्भर छ भने, त्यो अस्थायी हुन्छ।

तर यदि आनन्द भित्रबाट आउँछ भने, त्यो स्वतन्त्र हुन्छ।


6: Detachment ले नै वास्तविक स्वतन्त्रतामा लैजान्छ

image credits: freepik
Autobiography of a Yogi ले हामीलाई एउटा असहज तर सत्य कुरा देखाउँछ—

आज मानिसले भोगिरहेको धेरैजसो दुःख र तनावको जड Attachment नै हो।

हामी वस्तु, व्यक्ति, घटना र परिणामहरूसँग अत्यधिक रूपमा जोडिन पुग्छौँ।

यही मोह, यही आसक्ति नै पीडाको मुख्य कारण बन्छ। आधुनिक जीवनमा एउटा व्यक्तिले सामना गर्नुपर्ने सबैभन्दा ठूलो चुनौती पनि यही हो—

Let go गर्न नजान्नु।

Detachment भन्नाले सबै कुरा त्याग्नु होइन।

यसको अर्थ हो— आसक्तिबिना कर्म गर्नु।

योगानन्दजीको शिक्षा अनुसार, जब हामी कुनै काम केवल फलको अपेक्षामा गर्छौँ, तब हामी मानसिक रूपमा बाँधिन थाल्छौँ। तर जब हामी आफ्नो प्रत्येक कर्मलाई Higher Consciousness तर्फ समर्पित गर्छौँ, तब कर्म बन्धन होइन—मुक्तिको साधन बन्छ।

हामीले काम गर्न छोड्नु पर्दैन,

तर कामसँग बाँधिनु छोड्नुपर्छ।

जब कर्म बिना Attachment गरिन्छ,

त्यहीँबाट वास्तविक स्वतन्त्रताको अनुभूति सुरु हुन्छ।


7: करुणा नै आध्यात्मिकताको सर्वोच्च अभ्यास हो

image credits: freepik
करुणाविना कुनै पनि आध्यात्मिक मार्ग पूर्ण हुँदैन।

हामीले अरूप्रति देखाउने करुणा र निस्वार्थ प्रेमले नै हाम्रो आध्यात्मिक यात्रालाई उज्यालो बनाउँछ।

आध्यात्मिक बाटो सधैँ सहज हुँदैन। त्यस यात्रामा अनेक Dark Phases र अवरोधहरू आउँछन्। तर करुणाको अभ्यासले ती अँध्याराहरूलाई क्रमशः हटाउँदै लैजान मद्दत गर्छ। किनकि करुणा केवल भावना होइन, उच्च चेतनाको अभिव्यक्ति हो।

निस्वार्थ माया र करुणा ब्रह्माण्डका सबैभन्दा शक्तिशाली ऊर्जा हुन्।

यिनै ऊर्जाले हजारौँ आत्माहरूलाई एक–अर्कासँग जोड्छन्।

तर जब हामी आफ्नो मनमा घृणा, लोभ, मोह र घमण्डलाई स्थान दिन थाल्छौँ, तब हामी आफैँलाई ब्रह्माण्डका प्राकृतिक नियमहरूबाट अलग गर्दै जान्छौँ। त्यसले चेतनाको प्रवाह रोकिन्छ, र आध्यात्मिक दूरी बढ्न थाल्छ।


जब हामी चेतनाको स्तर उठाउँछौँ,

अनुशासनलाई दैनिक अभ्यास बनाउँछौँ,

र करुणालाई जीवनको आधार राख्छौँ

तब जीवन लक्ष्य पछ्याउने दौड मात्र रहँदैन। 

त्यो presence, clarity र purpose ले भरिएको 

एक meaningful journey बन्छ।


THANKS FOR READING

Comments

Popular posts from this blog

Hacking Your Habits: 5 Tips for Creating Good Habits and Breaking Bad Ones

Try To Become Productive Not Busy: How VA can enhance your productivity.

The Psychology Of Money बाट कालातीत ज्ञान